मंगलवार, १७ असार, २०८२

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री चीन जादै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ मंसिर, २०८१

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री चीन जादै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको  मंसिर १७ गते देखि हुने  चीनको औपचारिक भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार राणा बिहीबार छेन्दु पुगेर शनिबार काठमाडौं फर्कने छिन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग मंसिर १७ देखि २१ सम्म फेरि चीन भ्रमणमा जाने छिन् ।

परराष्ट्र मन्त्रालयले राणा र वाङ बीचमा द्विपक्षीय कुराकानी हुने उल्लेख गरेको छ । साथै, उक्त अवसरमा बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीको कुराकानी हुने बताइएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif