मंगलवार, १२ जेष्ठ, २०८३

बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि

२०८३ जेष्ठ ११, काठमाडौं । बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

advertisement_1680627706.gif