राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ जेष्ठ २१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् ।
भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।
खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
यसअघि खनालले मरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा जयशंकरसँग भेटवार्ता गरेका थिए ।