शनिबार, १३ असार, २०८३

रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित

२०८३ असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् ।

निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार खुलातर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल निर्वाचित भएका हुन् । त्यसैगरी, महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।

यस्तै‌ रास्वपा पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन् ।

advertisement_1680627680.gif