राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असार ०९, काठमाडौं । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो । बन्द सत्रलाई सभापति लामिछानेले सम्बोधन गरेका छन् ।
हिजो बिहान सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ । बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।