राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८३ बैशाख १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच शनिबार भेटवार्ता भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’
गोर बिहीबार साँझ काठमाडौं आएका थिए। उनले यसअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।