राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० असार, २०८१
काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोसरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको थियो। एमालेको बुधबार बसेको सचिवालय बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार 'राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।यससँगै एमालेका मन्त्रीहरुको राजीनामासमेत दिइने बताइएको छ ।एमालेबाट ८ जना मन्त्रिहरु सरकारमा सहभागी छन् ।