बिहीबार, २९ फाल्गुन, २०८१

लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० माघ, २०८१

लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

३० माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै जनताको हितविपरीत रहेकाले अध्यादेश अस्वीकार गर्ने बताएका हुन् ।

भूमिसम्बन्धी अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष रहेको छ । ‘यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हितविपरीत रहेको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो अध्यादेश यथास्थितिमा समर्थन गर्न नसकिने अध्यक्ष ठाकुरले बताएका छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif