शनिबार, १२ बैशाख, २०८३

मन्त्री गौतम र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

मन्त्री गौतम र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

२०८३ बैशाख ११, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चिनियाँ राजदूत राजदूत झाङ माओमिङ बीच शिष्टाचार भेटघाट भएको छ ।

भेटमा राजदूतले मन्त्रीलाई बधाई दिँदै नेपाल–चीन सम्बन्ध थप सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, सुशासन, डिजिटल रूपान्तरण, सार्वजनिक सेवा प्रवाह सुधार तथा न्याय क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक समझदारी बनेको जनाइएको छ ।

त्यस अवसरमा नेपाल-चीनबीचको ऐतिहासिक मित्रता र आपसी साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानुन र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको बताइएको छ ।

विशेषगरी न्याय प्रणालीमा डिजिटल प्रविधिको प्रयोगमार्फत पहुँच सहज बनाउने, ज्ञान आदानप्रदान गर्ने तथा विधिको शासन सुदृढ गर्ने दिशामा सहकार्य बढाउने समझदारी बनेको बताइएको छ ।

advertisement_1676553851.gif