शनिबार, ३ फाल्गुन, २०८१

नेकपा एस निकटको समाजवादी प्रेस संगठन बिघटन,अध्यक्ष विश्वमणि सुवेदीसहितको टोलि प्रेस चौतारी नेपालमा प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ४ माघ, २०८१

नेकपा एस निकटको समाजवादी प्रेस संगठन बिघटन,अध्यक्ष विश्वमणि सुवेदीसहितको टोलि प्रेस चौतारी नेपालमा प्रवेश

काठमाडौँ । नेकपा एस निकटको समाजवादी प्रेस संगठन बिघटन भएको छ । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीहरु नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई चौतारीमा स्वागत गरेका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । त्यस अघि पार्टी विभाजन हुदा प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका थिए  ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट लगायत प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif