बिहीबार, १७ बैशाख, २०८३

न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ बैशाख, २०८३

न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

२०८३ बैशाख १६, काठमाडौं । न्याय परिषद्ले सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले उनलाई उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासमा कार्यरत रहने गरी न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको हो । 

यसबारे परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी  दिएका छन् ।

advertisement_1676551646.gif