सोमबार, ११ कार्तिक, २०८२

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनका घाइतेहरूलाई मनोपरामर्श प्रदान गर्ने पहिलो निर्णय 

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनका घाइतेहरूलाई मनोपरामर्श प्रदान गर्ने पहिलो निर्णय 

२०८२ कार्तिक ९, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका घाइतेहरूलाई मनोपरामर्श प्रदान गर्ने निर्णय गरेकी छन् ।

शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेकी शर्माले उक्त निर्णय गरेकी हुन्  ।

शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

advertisement_1676553851.gif