राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम अपचलन आरोपमा लामिछाने लाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।
लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी नेतृत्वको नेतृत्वमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि लामिछाने कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।