बिहीबार, ८ आश्विन, २०८३

प्रतिनिधिसभाबाट विभिन्न तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रतिनिधिसभाबाट विभिन्न तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०८३ असोज ०७ काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ र भुक्तानी फर्स्यौट (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक २०८३ प्रस्तुत गरेका थिए ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

advertisement_1676551537.gif