बिहीबार, १ आश्विन, २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असोज १, काठमाडौँ I संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

advertisement_1676551694.gif