राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ भदौ ३० काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्ने भएको छ ।
आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।