बुधबार, ३० बैशाख, २०८३

प्रधानमन्त्री बालेनले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

प्रधानमन्त्री बालेनले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

२०८३ बैशाख ३०,काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दफावार छलफल हुनेछ । आजैको बैठकमा प्रधानमन्त्री शाहले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

advertisement_1676553851.gif