बिहीबार, २९ फाल्गुन, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १ फाल्गुन, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

फागुन १, २०८१ बिहीबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले यो बर्ष किसानलाई रासायनिक मलको अभाव हुन नदिन तथा  कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका  छन्। आज सिंहदरबारमा कृषि मन्त्रालयमा विविध बिषयमा जानाकरी  लिँदै,उनलेत्येस्तो निर्देशन दिएका हुन्। साथै उनले  मल आपूर्ति छिटोछरितो र पारदर्शी बनाउन, स्वदेशमै मल उद्योग स्थापना गर्न, र प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याउन आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले वार्षिक रूपमा आवश्यक पर्ने ५ लाख ५० हजार मेट्रिकटन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका थिए। 'यस वर्षका लागि २ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको तथा गत वर्षको मौज्दात समेत गरी २ लाख ६२ हजार मेट्रिकटन बिक्री भइसकेको छ,'प्रधानमन्त्री ओलीले भने,' ३० हजार मेट्रिकटन युरिया मल आयातको क्रममा छ। खेतीको समयमा मलखाद उपलब्ध गराउन सरकार लागेको छ।'कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि, र स्रोत साधनको प्रभावकारी उपयोगमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई आत्मनिर्भर बनाउने दिशामा ठोस नीति अवलम्बन गर्न निर्देशन समेत दिए। आगामी बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठकको तयारी प्रभावकारी बनाउन पनि छलफल भएको थियो।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif