बुधबार, २५ असार, २०८२

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ श्रावण, २०८१

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौँ, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमंत्री ओलीले विश्‍वासको मत पाएका हुन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा २६३ सांसदहरूको उपस्थित रहेकोमा ओलीको प्रस्तावमा १८८ मत परेको थियो। त्‍यस्‍तै विपक्षमा ७४ मत परको थियो भने तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्‍था अनुसार आलीले आज विश्‍वासको मत लिएका हुन् ।

ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएको दिएका थिए।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif