शुक्रबार, ३० आश्विन, २०८३

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

२०८३ असोज २९ काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त हुनुभएकामा राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

advertisement_1676551646.gif