राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २८ पुष, २०८१
२८ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा परेका कारण आज उनी अदालतमा उपस्थित भएका हुन् ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए।
जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन्।