शुक्रबार, २ फाल्गुन, २०८१

रावलको पक्षमा सुदूरपश्चिमका ५९ जनाद्वारा एमाले परित्याग, रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ माघ, २०८१

रावलको पक्षमा सुदूरपश्चिमका ५९ जनाद्वारा एमाले परित्याग, रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने

७ माघ, घकाठमाडौं । नेकपा एमालेबाट निस्कासितमा परेका डा भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना कार्यकर्ताले पार्टी छाडेका छन् । ५९ जना नेता–कार्यकर्ताले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन् ।

भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ ।

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन् । 

विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन् । एमालेले अनुशासन उल्लंघन गरेको भन्दै भीम रावललाई गत पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो।

Download the PDF
advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif