शुक्रबार, २ फाल्गुन, २०८१

रवि लामिछाने भैरहवा पुगे, रुपन्देही जिल्ला अदालत उपस्थित हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ माघ, २०८१

रवि लामिछाने भैरहवा पुगे,  रुपन्देही जिल्ला अदालत उपस्थित हुने

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार काठमाडौंबाट भैरहवा पुगेका छन् । सभापति रवि लामिछाने भोलि बुधबार अदालतमा उपस्थित हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आज भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने बताइएको छ । त्यहाँ उनले कार्यकर्तासँग भेटघाटसमेत गर्ने भैरहवास्थित रास्वपाका नेताहरूले बताए ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।  उनी बुधबार अदालतमा आफैं उपस्थित हुने बताइएको छ ।

सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ ।

प्रहरीको पूरक अनुसन्धानपछि झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif