राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २ कार्तिक, २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले आज अनुमति दिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।
सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रवि लामिछानेमाथि कारवाही गर्न सिफारिस गरेको थियो । संसदीय समितिको रिपोर्टमा सहकारीबाट रकम रविले नल्याएको तर कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।