मंगलवार, ६ आश्विन, २०८३

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

२०८३ असोज ०५ काठमाडौँ I संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर कार्यसूची उल्‍लेख छ ।

आजको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैंगिकक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् ।

अर्कातर्फ, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय भएको छ । सोही बैठकमा मन्त्री चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै, आजै संसद्का कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठकसमेत बस्दैछ ।

advertisement_1676551537.gif