शनिबार, १० आश्विन, २०८३

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ८ आश्विन, २०८३

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असोज ०८ काठमाडौँ I संघीय संसद्को दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।

यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

प्रधानमन्त्री बालेन्द्र साहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।

यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

advertisement_1676551646.gif