मंगलवार, १८ चैत्र, २०८१

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १० चैत्र, २०८१

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

११ चैत २०८१, काठमाडौं  ।  प्रमुख तीन दलका शीर्ष नेताबीच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । आज सिंहदबारमा बसेको शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने विषयमा उक्त सहमति गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले भने ‘’तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन बेपत्ता पारिएका व्यक्ति छानबिन समिति तथा सत्य निरूपण तथा मेलमिलापक आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिक आयोगकको अध्यक्ष नियुक्ति गठन प्रक्रिया अघि बढाउने सहमति भएको छ । त्यसका लागि आयोग गठन गर्नका लागि सर्च कमिटी बनाउन तीनजनै शीर्ष नेता सहमत भएको छ उनले भने।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif