बिहीबार, २१ श्रावण, २०८३

सुनसरी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न नेपाली कांग्रेसको माग

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

सुनसरी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न नेपाली कांग्रेसको माग

२०८३ साउन २०, काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा घटेको घटनाको निष्पक्ष, स्वतन्त्र र पत्यारिलो छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारले हाल गठन गरेको छानबिन समितिले आफ्ना कमजोरी लुकाउने नियत राखेको संशय उब्जिएकाले न्यायिक आयोग नै आवश्यक रहेको बताए ।

देवानगञ्ज-कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहीताको गम्भीर अभाव देखिएको उल्लेख गर्दै कांग्रेसले सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्न वर्तमान सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ। साथै, आगामी भदौ २३ र २४ गतेको आन्दोलनका सन्दर्भमा पनि सर्वस्वीकार्य आयोगको अभावले सरकारको नैतिक असफलतालाई उजागर गरेको प्रवक्ता चालिसेले दाबी गरे ।

advertisement_1676553908.gif