राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ बैशाख ३०, काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डिपी अर्यालले बैठक स्थगित भएको सदनमा जानकारी गराए।
बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो ।