बुधबार, ३० बैशाख, २०८३

संसदमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमले जवाफ दिने

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

संसदमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमले जवाफ दिने

२०८३ बैशाख ३०, काठमाडौं । संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । 

प्रधानमन्त्री बालेनका तर्फबाट अर्थमन्त्री डा.वाग्लेले  जवाफ दिने तयारी भएको जनाइएको छ । अर्थमन्त्री वाग्लेले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।

त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको  प्रधानमन्त्रीका तर्फबाट  जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

advertisement_1676553851.gif