आईतवार, ११ आश्विन, २०८३

संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

२०८३ असोज १० काठमाडौँ I नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका  परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको हो परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

त्यसअघि  दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।

advertisement_1676551537.gif