शुक्रबार, ३ जेष्ठ, २०८२

सर्वोच्चले भन्यो: रवीन्द्र मिश्रलाई सक्कल मिसिलसहित इजलासमा उपस्थित गराउ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२

सर्वोच्चले भन्यो:  रवीन्द्र मिश्रलाई सक्कल मिसिलसहित इजलासमा उपस्थित गराउ

वैशाख ३१ गते काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

रवीन्द्रकि पत्नी सारिकाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । आदेश प्राप्त भएको २४ घण्टाभित्र मुद्दाको सक्कल मिसिल इजलास समक्ष देखाई बन्दीसहित लिखित जवाफसाथ उपस्थित गराउन सर्वोच्च अदालतले भनेको छ ।

मिश्रलाई राजाबादी संगठनहरुले गत चैत्र १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि भड्काउ भाषण गरि प्रदर्शनकारीलाई उक्साएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई हिजोसहित ८ पटक पटक म्याद थप गरिसकिएको छ ।

प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif