मंगलवार, १८ चैत्र, २०८१

सरकारले कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १० चैत्र, २०८१

सरकारले कुलमान घिसिङलाई   पदबाट बर्खास्त  गर्यो।

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदबाट बर्खास्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको बताइएको छ ।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको त्यो नियुक्ति  प्राधिकरणमा दोस्रो कार्यकालका लागि थियो । चार वर्षीय उनको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो ।

डेडिकेटेड र ट्रंक लाइन क बिषयमा मंत्री र  घिसिङका बीच बिदाद चलिरहेको थियो। यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, वर्तमान सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif