शुक्रबार, ३ जेष्ठ, २०८२

सत्य निरुपणको अध्यक्षमा थापा र बेपत्तामा गड्तौला नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ जेष्ठ, २०८२

सत्य निरुपणको अध्यक्षमा थापा र बेपत्तामा गड्तौला नियुक्त

१ जेठ २०८२, काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेर दुवै आयोगलाई पूर्णता दिएको हो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो ।

मन्त्रिपरिषद्ले सिफारिस समितिको निर्णय अनुसार सत्य निरुपणमा महेशकुमार थापा तथा बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif