बिहीबार, ३१ बैशाख, २०८३

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८३ बैशाख ३१, काठमाडौं । संघीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बिहान ९:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ । परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ । 

त्यसैगरी, बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ ।

यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्नेछ । बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुम्वासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तय गरिएको छ । उपत्यकाको सहरी व्यवस्थापन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरोकारवाला निकायसँग परामर्श गरिने संसद सचिवालयले जनाएको छ । 

advertisement_1680627706.gif