मंगलवार, १८ चैत्र, २०८१

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका युवाहरु प्रहरी नियन्त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका युवाहरु प्रहरी नियन्त्रणमा

१२ चैत्र २०८१, काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयबिरुद्ध मंगलबार सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्ने नेकपा बहुमतका १२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । 

निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif