राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ६ आश्विन, २०८०
नन्दु यादव, नवलपरासी । संघीय सांसद बिनोद चौधरीको बिशेष पहलमा पश्चिम नवलपरासीको सुस्ता ४ मा रहेको नेपाल टेलिकमको टावर सञ्चालन मा आएको छ ।
टावर स्थापना भएपनि सन्चालनमा आउन नसक्दा १० सौ वर्ष भन्दा अघि त्यहाँ को जनता हरु ले मोबाइलमा नेटवर्क समस्या हुने हुनाले धेरै सास्ती भोग्नु परेको थियो । सांसद. चौधरीको पहलमा नेपाल टेलिकम, नेपाल बिद्युत प्राधिकरण लगायतका आवश्यक सहजीकरण गर्ने निकायमा पहल भएपश्चात उक्त टावर संचालनमा आएको हो ।
यस अगाबै त्यस क्षेत्रका केही स्थानमा मोवाईल नेकवर्कको समस्या हुदा कती पय स्थानीयले इन्डियन सिम चलाउनु ठूलो विडम्बना रहदै आएको थियो । जनता लाई उक्त टावर संचालनमा आएपछि नेपाल टेलिकमको नेटवर्क समस्या बाट निदान मिल्ने भन्दै उक्त कार्यको लागी पहल गर्ने मा. बिनोद चौधरीले स्थानियहले धन्यवाद समेत दिएका छन् ।