राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ६ भाद्र, २०८१
काठमाडौं, भदौ ६ । सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाएपछि सरकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाएकाे हाे ।