शनिबार, १३ भाद्र, २०८३

बाढी प्रभावितका लागि प्रवासी नेपाली सम्पर्क विभाग साउदीद्वारा १० लाख सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

बाढी प्रभावितका लागि प्रवासी नेपाली सम्पर्क विभाग साउदीद्वारा १० लाख सहयोग

२०८३ भदौ १२ साउदी अरब । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभागमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विभागका सभापति भुपाल भण्डारीले जानकारी दिए ।

सभापति भण्डारीका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो  । उनले अभियानमा योगदान गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई धन्यवाद दिँदै सहयोगीहरूको नामावलीसहित रकमको विवरण सार्वजनिक गरिने बताए ।

प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा आइपरेको विपद्का बेला गरेको यस सहयोगले मानवीय एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ ।

यसैबीच, साउदी अरबमा रहेका विभिन्न नेपाली संघसंस्था तथा नेपाली समुदायले समेत बाढी तथा पहिरो प्रभावितका लागि राहत र उद्धारमा सहयोग पुर्‍याउन आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका छन् ।

advertisement_1676551646.gif
अन्य समाचार