राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १५ माघ, २०८१
१६ माघ, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार राति भागदौड भागदौड भएको भारतीय संचार माध्यमहरूले जनाएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो । अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो।
भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ। उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ।
ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लीट जडान गरेको छ।
डेढ महिनामा उत्तरी सहर प्रयागराजमा ४० करोड भन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ। सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो। त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो ।
मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ ।