बिहीबार, ९ जेष्ठ, २०८२

भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ जेष्ठ, २०८१

भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त

काठमाडौ, जेठ २५ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । शुक्रबार उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो। नेता चयनपछि उनले राष्ट्रपति मुर्मुसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए। 

एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif