शनिबार, १३ भाद्र, २०८३

रसुवा बाढीमा हालसम्म १२१ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएकोमा २१ भारतीय स्वदेश फर्किए

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

रसुवा बाढीमा हालसम्म १२१ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएकोमा २१ भारतीय स्वदेश फर्किए

२०८३ भदौ १२ काठमाडौँ । रसुवामा हालै आएको बाढीका कारण अलपत्र परी सकुशल उद्धार गरिएका २१ जना भारतीय तीर्थयात्रीहरू शुक्रबार स्वदेश फर्किएका छन् । भारतको तमिलनाडु राज्यका ती नागरिकहरूलाई स्वदेश फर्किएलगत्तै नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरले भव्य स्वागत गरेका थिए ।

सो क्रममा उद्धार गरिएका तीर्थयात्रीहरूले नेपालमा बाढीपछि सामना गर्नुपरेको कठिन परिस्थिति र उद्धारको अनुभव विदेशमन्त्री जयशंकरसामु सेयर गरेका थिए । भारतीय नागरिकहरूलाई तीव्र र सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउने वातावरण मिलाएकोमा विदेशमन्त्री जयशंकरले नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत विशेष गरी विपद्को जोखिमपूर्ण अवस्थामा खटिएका नेपाली सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका छन् । रसुवा बाढीपछि हालसम्म १२१ जना विदेशी नागरिकको सकुशल उद्धार भइसकेको छ, जसमा भारतका मात्रै ८५ जना रहेका छन् ।

बाढी आएलगत्तै भारतका १७८ जना तीर्थयात्रीहरू सम्पर्कविहीन भएका थिए । तीमध्ये केहीको उद्धार भइसकेको छ भने बाँकी रहेका अन्य नागरिकहरूको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।

advertisement_1680627680.gif
अन्य समाचार