बिहीबार, १३ कार्तिक, २०८३

स्पेनमा हाई-स्पीड रेल दुर्घटना: मृत्यु हुनेको संख्‍या ६८ पुग्‍यो, दर्जनौँ यात्री घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

स्पेनमा हाई-स्पीड रेल दुर्घटना:  मृत्यु हुनेको संख्‍या ६८ पुग्‍यो, दर्जनौँ यात्री घाइते

२०८३ कार्तिक १२ काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा तीव्र गतिको रेल अर्को रेलसँग आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।  दर्जनौँ मानिस घाइते भएका छन् ।

मृतकहरूको यो पछिल्लो संख्यासँगै सन् २०१३ यता स्पेनमा भएको यो सबैभन्दा भयानक रेल दुर्घटना बनेको छ ।

यसअघि सन् २०१३ मा उत्तर–पश्चिमी स्पेनमा रेल लिकबाट बाहिरिँदा ८० जनाको ज्यान गएको थियो ।

बुधबार बिहान म्याड्रिडबाट सेभियातर्फ गइरहेको एउटा रेल लिकमै रोकिएर बसेको अर्को रेलसँग ठोक्किँदा यो भयानक दुर्घटना भएको हो । ठक्कर यति शक्तिशाली थियो कि रेलका कैयौँ डब्बाहरू लिकबाट तल भीरमा खसेको थियो ।

क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार बुधबार भएको दुर्घटनामा संलग्न रेलहरूमा ५०० भन्दा बढी यात्रुहरू सवार थिए ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै यातायातमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको जनाएका छन् ।

रेल सञ्चालक संस्था आदिफका अनुसार यो दुर्घटना रेन्फे कम्पनीको रेल र इरियो कम्पनीको अर्को रेलबीच भएको हो ।

इरियो कम्पनीले म्याड्रिडदेखि सेभियासम्मको रुटमा सेवा प्रदान गर्दै आएको छ ।

advertisement_1676553908.gif
अन्य समाचार