राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३२ श्रावण, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, साउन ३२ । थाइल्याण्डको प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा नियुक्त भएकी छिन् । थाइल्याण्डको संसद्ले सिनावात्रालाई प्रधानमन्त्री पदका लागि निर्वाचित सिनावात्रा नियुक्त गरेको हो ।
पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले निलम्बन गरेको भोलिपल्ट सिनावत्रा प्रधानमन्त्री बनेको थाइल्याण्ड स्थित समाचार एजेन्सीले जनाएको छ। ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् ।
शुक्रबार बसेको संसद् बैठकमा उनको पक्षमा ३१९ मत परेको थियो भने १४५ जना विपक्षमा मत खसेको थियो । २७ जना सांसद बैठकमा अनुपस्थित रहेको थिए ।
सिनावात्रा पूर्व थाई नेता र अर्बपति ताक्सिनकी छोरी हुन् ।