मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

बाँकेका साहित्यकारहरुद्वारा खप्तडमा साहित्यिक यात्रा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ४ बैशाख, २०८१

बाँकेका साहित्यकारहरुद्वारा खप्तडमा साहित्यिक यात्रा

बाँके। “साहित्यको सिर्जना समाजमाभद्रतापर्यटन प्रवद्र्धनमाहाम्रो ऐक्यबद्धता’’भन्ने मूलमर्मका साथकल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । नयाँवर्ष २०८१ को पूर्व सन्ध्यामाआयोजितउक्तपाँचदिने भ्रमणमा समुद्रीसतहदेखि ३०८४ मिटर अग्लो स्थानमारहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेसनको विभागविस्तार र रचनावाचनकार्यक्रम समेत सम्पन्नगरिएको छ । 

बाँकेको खजुरा गाउँपालिका स्थित मानवीय सेवा र समाज सेवाकाविभिन्नक्रियाकलापहरु सञ्चालनगर्ने र भाषा साहित्यको विकासतथासाहित्यिकउन्नयनकालागि २०७० सालमास्थापितकल्पना फाउन्डेसन नेपालकीे अध्यक्षकल्पनापौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्नउक्तकार्यक्रममा फाउन्डेसनका सचिव लेकप्रसादप्याकुरेलको संयोजकत्वमा साहित्यविभाग गठन गरियो । उक्तविभागकाअन्य सदस्यहरूमा साहित्यकारहरु चरित्राशाह, गीताअर्याल, बोधराजप्याकुरेल र इन्दिरा गौतम रहेका छन् । 

फाउन्डेसनकाउपाध्यक्षऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिकएवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागतगर्नुका साथै कार्यक्रमको औचित्यमाथिप्रकाशपार्नु भएको थियो । उपाध्यक्षऋषिराम सापकोटाले फाउन्डेसनले आगामीदिनहरूमाकला र संस्कृतिविभाग समेत गठन गर्ने योजनाबनाएको जानकारी दिनु भयो । साहित्यविभागका संयोजकचयनभएपश्चात् लेकप्रसादप्याकुरेलले फाउन्डेसनले २०८१ को वैशाखमहिनाभित्रै साहित्य सम्बन्धि प्रशिक्षण कार्यक्रमाके आयोजनागर्ने बताउनु भयो । 

भ्रमण टोलीमा सहभागीव्यक्तित्वहरूलाई सम्बोधनगर्दै विश्व नेपाली साहित्यमहासंघ नेपालकीअध्यक्ष समेत रहनु भएकीफाउन्डेसनकीअध्यक्षपौडेलले छिट्टै नै फाउन्डेसनमा रु.५ लाखअक्षयकोष जम्मागर्ने र उक्तअक्षयकोषबाट साहित्य र समाजसेवामालागेकाव्यक्तित्वहरुलाई पुरस्कृत गर्दै जाने भावी योजना रहेको बताउनु भयो । सोहीकार्यक्रमको दोस्रो चरणमा सुप्रसिद्ध सन्ततपश्वी खप्तड बाबाको अद्र्ध कदको शालिक अगाडि रचनावाचनकार्यक्रमको आयोजनागरिएको थियो । 

भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेकाबोधराजप्याकुरेलले लघुकथा वाचन गरेपश्चात् निरन्तरतापाएको उक्त रचनावाचनकार्यक्रममा साहित्यकारहरु इन्दिरा गौतम, गीताअर्याल लगायतबाँकेका भ्रमण टोलीका स्रष्टाहरुले रचनावाचन गरेकाथिए ।
सोहीकार्यक्रममाउपस्थित सबैले नयाँवर्ष २०८१ को शुभकामनाआदानप्रदानगर्नुका साथै केहीबेर नृत्य सहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो । 

बाँकेका साहित्यकारहरुको उक्त भ्रमण टोलीमा ज्ञान योग केन्द्र खजुराकाउपाध्यक्ष रविनशर्मा, सचिव रत्नाकार्की, कोषाध्यक्षपद्माशर्मा, सदस्यहरू निलमकुँवर, मन्दिरा निरौला, निशाशर्मा, हेमलतापौडेल, समाजसेवी परशुरामशर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटा लगायतकरीब दुई दर्जन साहित्यकार एवं योग साधकहरूको सहभागितामा सम्पन्नभएको उक्तकार्यक्रमको सहजीकरण कल्पना फाउन्डेसनका सचिव लेक प्रसादप्याकुरेलले गर्नु भएको थियो ।
उल्लेखनीय छ, उक्त फाउन्डेसनले यस अघि चितवन चेपाङ वस्तिकावालवालिकाहरुकालागिखाध्यान्नवितरण तथा छात्रवृत्तिप्रदान गरेको, जाजरकोटका भूकम्प पीडितहरुलाई खाध्यान्नतथा लत्ताकपडा सहयोग गरेको थियो ।त्यसैगरि नवलपरासी,बाग्लुङ र बाँकेमा एक दर्जन भन्दा बढी असहाय र अनाथबालिकाहरुलाई छात्रवृत्तितथा स्टेसनरी सहयोग गरेको, अक्षयकोषको स्थापनागरि समाजिक क्षेत्रमाकामगर्ने क्रममागतवर्ष निलसागर सेवाआश्रम र मानव सेवाआश्रमलाई पुरस्कार तथा सम्मानगरिएको थियो ।

त्यस्तै भाषा साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदानदिने डा.ईन्द्र बहादुर भण्डारी र वरिष्ठ कथाकार सनत रेग्मीलाई पुरस्कार तथा सम्मानगरिएकोथियो भने पुस्तकप्रकाशन, कृतिविमोचन,रचनावाचनतथा प्रशिक्षण कार्यक्रमहरु संचालनगर्दै आएकोकल्पना फाउन्डेसन नेपालकीअध्यक्षकल्पनापौडेल “जिज्ञासु”ले जानकारी दिनुभयो ।

बाँकेका साहित्यकारहरुद्वारा खप्तडमा साहित्यिक यात्रा

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg