राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २ भाद्र, २०८१
नेपालगन्ज÷(बाँके) पवन जायसवाल । बाँकेको नेपालगन्जमा तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्ज बाँकेले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई श्रावण ३२ गते शुक्रवार सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारीले पानसमा दीप प्रज्वलित गरी विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । बि.सं. २०७२ साल स्थापना भएको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ मा रहेको तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्ज बाँकेले प्रतिष्ठानका संरक्षक हरि प्रसाद तिमिल्सिनाका माता कला देवी उपाध्यायको निधन बि.सं. २०४२÷०५÷११ गते मंगलवार र पिता रामेश्वर उपाध्यायको निधन २०५२ साल बैशाख २२ गते शुक्रवार भएको थियो । बि.सं.२०७२ सालमा ५१ हजार १ सय ११÷–रुपैयाको रामेश्वर कमलादेवी स्मृति पुुरस्कारका लागी अक्षय कोषको स्थापना गरिएको थियो ।
प्रतिष्ठानका संरक्षक हरि प्रसाद तिमिल्सिनाले कार्यक्रममा प्रतिष्ठानको गतिविधि बारे जानकारी गराउँदै बि.सं. २०७३ सालमा नेपालगन्जका उर्दू साहित्यकार अब्दुल लतीफ शौक १ हजार १ सय ११रुपैया, बि.सं.२०७४ सालमा प्रा.जगत उपाध्याय प्रेक्षितलाई २ हजार १ सय ११ रुपैया, बि.सं. २०७५ सालमा प्रा.डा. चुडामणि बन्धु ५हजार १ सय ११ रुपैया, बि.सं. २०७६ सालमा नेपालगन्जमा वरिष्ठ साहित्यकार गणेश जिसी ५ हजार १ सय ११ रुपैया, बि.सं. २०७७ सालमा नेपालगन्जका प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारी ५हजार १ सय ११÷–बि.सं.२०७८ शिक्षाविद् किरण आचार्यलाई ५ हजार १ सय ११ रुपैयाको पुरस्कार बितरण गरिएको थियो ।
तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जका संरक्षक हरि प्रसाद तिमिल्सिना द्वारा सत्तचालित, प्रतिष्ठानका अध्यक्ष मीना बरालको अध्यक्षतामा सम्पन्न आयोजित कार्यक्रममा बि.सं. २०७९ सालको पुरस्कार नेपाल संस्कृत बिश्व बिद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.भागवत प्रसाद शर्मा रिजाललाई ११ हजार १ सय ११ रुपैया र संस्थाको तर्फबाट बि.सं.२०८० सालको पुरस्कार मानव आश्रम सुर्खेतरोड नेपालगन्जका प्रमुख उर्विन सापकोटालाई ११ हजार १ सय ११ रुपैया प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारी र बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले अबीर लगाई दोसल्ला ओढाउर नगद राशी सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारीले सबैले आ–आफना माता पिताको सम्मान गर्न कहिले पनि बिर्सनु हुदैंन, यो एउटा पून्य काम हो, यस किसिमको कार्य अरु व्यक्तिबाट पनि जाओस । बिशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरे, सम्मानित व्यक्तित्व प्रा.डा.भागवत प्रसाद शर्मा रिजाल, बिशिष्ट अतिथि सनत कुमार रेग्मी, तिमिल्सिना वाङमय प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ सल्लाहकार पूर्णलाल चुके, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, संस्थाको तर्फबाट मानव आश्रमका प्रमुख उर्विन सापकोटा लगायतले माता पितालाई सम्मान गर्नु कहिल्ये बिर्सनु हुदैंन बिचार राखेका थिए ।\ प्रतिष्ठानका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा इश्वरी प्रसाद रिजाल, भारतीय साँस्कृतिक सहयोग÷एवं मैत्री संघ उत्रर प्रदेशका अध्यक्ष शारीक रब्बानी, खेम बगर, भिम तिमिल्सिना प्रज्वल, कल्पना पौडेल जिज्ञासु, प्रतिभा साहित्य समाजकी अध्यक्ष चरित्रा शाह, सरदार मधई सिंह सिक्ख, लेक प्रसाद प्याकुरेल, अधिवक्ता तथा साहित्यकार भीम बहादुर शाही, सीता सुनगाभा लगायतले आ–आफना रचना वाचन गरेका थिए । सो कार्यक्रममा बि.सं. २०७७ सालमा नेपालगन्जका प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारी ५हजार १ सय ११÷– रुपैयाद्वारा सम्मानित हुनुभएको थियो । सोही कार्यक्रममा नगद राशी रकम प्रतिष्ठानलाई फिर्ता गर्नुभएको थियो उहाँलाई कार्यक्रममा प्रथम बिशिष्ट सदस्यताको सम्मान पत्रमा उल्लेख भएका वाचन खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति इन्द्र बहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
यसरी कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक तथा पूर्व अध्यक्ष बिष्णुलाल कुमाल, साहित्यकार किरण आचार्य, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, पंकज कुमार श्रेष्ठ, पुष्पमणि प्रधान, मणिदेव अर्याल, दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, भरत बहादुर रानाभाट, लक्ष्मी बस्याल, लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका उपाध्यक्ष नारायण प्रसाद ज्ञवाली, दैलेखी समाजका वरिष्ठ उपाध्यक्ष डिल बहादुर थापा लगायत ३ दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।