बुधबार, ३० बैशाख, २०८३

धनुषामा बस दुर्घटना, १७ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ बैशाख, २०८३

धनुषामा बस दुर्घटना, १७ जना घाइते

२०८३ बैशाख २७, धनुषा । धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनुषाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई आज बिहान सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676551537.gif