शनिबार, ८ कार्तिक, २०८३

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु र ७८ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु र ७८ घाइते

२०८३ कार्तिक ०७ मकवानपुर । मकवानपुर जिल्लामा असोज महिनाभित्र ५२ वटा सवारी दुर्घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार यस अवधिमा भएका दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।

दुर्घटनाका क्रममा प्रहरीले ५० जनाको उद्धार गरेको छ ।

त्यसैगरी, असोज महिनामा सवारी नियम उल्लंघन गर्ने कूल ८५५ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । ती कारबाहीबाट रु आठ लाख ५५ हजार ५०० राजस्व सङ्कलन गरी दाखिला गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

advertisement_1680627680.gif