मंगलवार, २७ फाल्गुन, २०८१

बाढी पहिरोले काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ आश्विन, २०८१

बाढी पहिरोले काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु

काठमाडौं, असोज १२ । काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २१ पुगेको हो ।

जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ। यस्तै पाँच जना बेपत्ता रहेका छन् ।

देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ। कतिपय ठाउँमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif