मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आँखामा छारो हाल्ने काम भएको दावी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ श्रावण, २०८१

बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आँखामा छारो हाल्ने काम भएको दावी

काठमाडौं÷ पूर्व शान्ति मन्त्री एवम् संघीय साँसद एकनाथ ढकालले अहिले हाम्रा राजनीतिक दलहरुले मुलुकमा बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आँखामा छारो हाल्ने काम भएको दावी गर्नु भएको छ । सांसद ढकालले सार्वजनिक सोंचको विकास गर्न सकेमात्र समाजको रुपान्तरण र विकास हुने धारणा राख्दै दलहरु प््रति गुनासो पोख्नु भयो । 

“राष्ट्र निर्माणमा युवाहरुको भूमिका” विषयक राजधानीमा सम्पन्न तीन दिवसीय सेमिनारको उद्घाटन गर्दै साँसद् ढकालले उक्त धारणा राख्नु भएको हो । साँसद् ढकालले सेमिनारमा सिकेका कुरालाई थोरै मात्रामा भएपनि व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।विश्व शान्ति तथा एकीकृत परिवार संघको आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. १ को सहकार्यमा सम्पन्न भएको हो ।

पूर्वमन्त्री समेत रहेका साँसद् ढकालले रुपान्तरणको लागि वातावरणको आवश्यकता रहेको भन्दै अहिले देशको राजनीतिक, साँस्कृतिक आर्थिक वातावरण बन्न नसकेको भन्दै यस्ता सेमिनारहरुले त्यो वातावरण तयार गर्न सहयोग गर्ने बताउनु हुँदै मुलुकमा सामाजिक सद्भावको आवश्यकता रहेको उल्लेख अबका युवाहरुलाई सहि शिक्षा र बाटो दिन सके मुलुक परिर्वतन थोरै समयमा हुने बताउनु भयो । 

कार्यक्रममा एफएफडब्लुपियु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष प्रकाश बाबु थापा लगायतले बोल्नु भएको थियो । सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यक्तित्व विकास स्थायी शान्तिको लागि पहलकदमी, द्वन्द्व व्यवस्थापन तथा आर्थिक विकासका बारेमा प्रशिक्षण दिइएको थियो ।

करीब चार दर्जन युवाहरूको सहभागिता रहेको उक्त सेमिनारमा राष्ट्रिय विकासको लागि बढ्दो अर्थ व्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्दर्भमा पनि विभिन्न प्रशिक्षकहरुबाट प्रस्तुती सहित छलफल भएको थियो । युवाहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति हो र देशको भविष्य हो । त्यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।  

युपिएफ तालिम केन्द्रका प्रमुख रुपसिंह भण्डारीका अनुसार सेमिनारमा अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, चर्चित उत्प्रेरक तथा प्रशिक्षकहरु काशीनाथ खनाल, एफएफडब्लुपियु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल र प्रकाश बाबु थापा लगायतले प्रशिक्षण दिनु भएको थियो । युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, विश्व शान्ति महिला संघ लगायतको संघ संस्थाद्वारा पनि सहयोग गरिएको युपिएफका सञ्चार संयोजक विष्णु गिरि निश्चलले जानकारी दिनु भयो । 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg